Comments Add Comment

पेस्तोल र खुकुरीसहित पक्राउ

२० वैशाख, काठमाडौं । प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका-४ मिनीबजारस्थित नेपाल भारत सिमाना नजिकबाट एकजना पक्राउ गरेको छ ।

भारत मधुवनी ग्रामपञ्चायत बगहा-१ बस्ने २८ वर्षीय राजेशकुमार यादवलाई १ थान कटुवा पेस्तोल र खाली खोका १ राउण्डसहित बिहीबार राति प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो ।

यस्तै, मोरङको रतुवामाई नगरपालिका-२ घरुचोकबाट झापा कमल गाउँपालिका-१ बस्ने ४० वर्षीय दूर्गा बिकसहित ५ जनालाई १ थान खुकुरी र १ थान चुप्पीसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले को१ह ५७३९ नम्बरको ट्याम्पो जाँच गर्ने क्रममा शंकास्पद रुपमा रहेका उनीहरुलाई उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment