+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

सरोकारवालाको गुनासो : सञ्चार जगत सरकारबाटै पीडित

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १२:५३

२० वैशाख, बुटवल । सरोकारवालाले सानो कुरामा पनि मिडियाको घाँटी समाउने काम भइरहेको भन्दै आपत्ति जनाएका छन् । मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आयोजना गरेको प्रेस स्वतन्त्रता : लोकतन्त्रको आधार बिषयक अन्तर संवादका वक्ताहरुले लोकतन्त्र र समृद्धि हासिलका लागि प्रेसलाई स्वतन्त्र बनाउनुपर्ने बताए ।

प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले पत्रकारिता समाजको अंग भए पनि जिम्मेबार बन्नुपर्ने बताए । अर्का प्रदेश सांसद बिष्णु पन्थीले प्रेसलाई कुण्ठित गरेर कुनै पनि सरकार अघि बढ्न नसक्ने दाबि गरे । ‘दुइतिहाई होस् या तीन तिहाई, यो सम्भव छैन’ उनले भने ।

प्रदेश सरकारले ल्याएको प्रसारण बिधेयकमा केही समस्या नभएको दाबी गर्दै पन्थीले आपसी छलफलमा केहि कुरा छुटेको भए सम्बोधन गर्न सकिने बताए ।
प्रदेशसभा सदस्य रमा अर्यालले अहिलेको सरकार गतल बाटोमा हिँड्दा सबै त्रासमा बाँच्नुपरेको बताइन् । सरकारका गतल काम लेख्दा सरकारले प्रेस र पत्रकारमाथि निरंकुश बनेको उनको दाबी छ ।

अर्का प्रदेशसभा सदस्य फकरुद्धिन खानले राज्यको हस्तक्षेपकारी नीतिले पत्रकारिता क्षेत्र अप्ठ्यारोमा पारेको बताए । ‘पहिलो हस्तक्षेप राज्यबाट भएको छ, दोस्रो हस्तक्षेप आफैले आफैलाइ गर्नुपरेको छ’ उनले भने, ‘पत्रकार स्वतन्त्र बन्नुस्, दलका गोटी नबन्नुस् ।’

मानव अधिकार तथा शान्ति समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले सरकार किन यति धेरै असहिष्णु भएको हो भन्दै प्रश्न गरे । खनालले भने, ‘सरकार निरंकुश बन्यो, जनताको भावना, विचार समेट्ने मिडिया क्षेत्र नै हो, यसलाई स्वतन्त्र बनाउनुपर्छ ।’

पूर्वसांसद विनोद पहाडीले अहिले तीनै तहका सरकार पूर्ण रुपमा निरंकुश बनको दाबी गरे । उनले संस्थागत रुपमै मिडियामाथि आक्रमण भएको भन्दै सबैले यसका विरुद्ध आन्दोलन थाल्नुपर्नेमा जोड दिए ।

कांग्रेस नेता युवराज गिरिले सरकार सत्ता उन्मादमा लागेको बताए । प्रधानमन्त्री आफै न्यायाधीश बनेको भन्दै गिरीले प्रधानमन्त्रीले न्यायपालिकाको काम गरेको दाबि गरे ।
गिरिले सरकार शक्ति प्रथृकीकरण बिरुद्ध लागेको भन्दै कानुनलाइ पनि निरंकुश बनाउन खोजेको बताए ।

उनले भने, ‘सरकार गलत कानुन बनाएपछि पत्रकार कसरी स्वतन्त्र हुन्छ,सरकार भ्रष्टचारी बन्यो ।’ नेकपाका नेता युवराज घिमिरेले प्रेस स्वतन्त्रता अनिबार्य शर्त भएको भन्दै जवाफदेही भने हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?