Comments Add Comment

सावित्रा र अनिता भारतीय क्बल सेथुमा अनुबन्धित

२० वैशाख, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमका सावित्रा भण्डारी र अनिता बस्नेत भारतीय फुटबल क्लब सेथुमा अनुबन्धित भएका छन् ।

१६ गते भारत प्रस्थान गरेका सावित्रालाई सेथुले बिहीबार र अनितालाई शुक्रबार अनुबन्ध गरेको उल्लेख गरेको छ । योसँगै दुबै नेपाली खेलाडीले भारतको फुटबल लिग खेल्ने भएका छन् ।

सावित्राले नेपाली राष्ट्रिय टिममा ९ नम्बर जर्सी लगाउँछिन् । सेथु क्लबबाट पनि यही जर्सी लगाउने भएकी हुन् । त्यस्तै, अनिताले भने १० नम्बर जर्सी लगाउने भएकी छिन् । उनले घरेलु प्रतियोगिता तथा राष्ट्रिय टिमबाट भने ११ नम्बर जर्सी लगाउछिन् ।

क्लबले विश्व स्तरीय स्ट्राइकर भएको र अनिता बक्स टु बक्स खेल्न सक्ने भन्दै तारिफ पनि गरेको छ ।

भारतमै केही महिनाअघि सम्पन्न हिरो महिला गोल्डकपमा यी दुबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । सावित्रा सर्वाधिक गोलकर्ता चुनिएकी थिइन् ।

त्यस्तै, विराटनगरमा सम्पन्न साफ महिला च्याम्पियनसिपमा पनि यी दुबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । यी प्रतियोगितामा गरेको प्रदर्शनको आधारमासावित्रा र अनितालाई भारतीय क्बल सेथुले अनुबन्धित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment