+
+
Shares

प्रधानमन्त्रीको ओलीको चाहना : समृद्ध दक्षिण एसिया, सुखी दक्षिण एसियाली

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १३:४२

२० वैशाख, काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीमैत्री वातावरण भएको बताएका छन् ।

दक्षिण एशियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग शुक्रबार भएको अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउका हुन् । प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एशियाले नै आर्थिक विकास र उन्नतीलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । ‘हामी समृद्ध दक्षिण एशिया र सुखी दक्षिण एशियाली देख्न चाहन्छौं’ उनले भने ।

प्रधानमन्त्री ओलीले यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको बताए । दक्षिण एशियामा नै युवा जनसंख्याको बाहुल्यता भएकोले यस्तो बेलामा विकासमाा फड्को मार्न सजिलो हुने प्रधानमन्त्री ओलीको धारणा छ ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन र विकासलाई महत्व दिएर अघि बढेको पनि बताए । ‘हामीले सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं’ प्रधानमन्त्री ओलीले भने ‘केही समय विभिन्न कारणले हामी पछि प¥यौं तर अब त्यो समय सकियो । हामी अघि बढ्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?