Comments Add Comment

चुनाव सर्वस्वीकार्य बनाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण : प्रमुख निर्वाचन आयुक्त

२० वैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनावलाई सर्वस्वीकार्य बनाउन सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

शुक्रबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणाली सुधारका लागि संचार क्षेत्रसँग गम्भीर बहस गर्ने योजना समेत अघि सारे ।

उनले निर्वाचन प्रणालीको सुधारका लागि सूचना प्रविधियुक्त निर्वाचन प्रणाली व्यवस्थापनको कामलाई आयोगले उच्च प्राथमिकताका साथ अघि बढाएको बताए ।

निर्वाचन आयोगका सम्पूर्ण कामकारवाही चुनावलाई सर्वस्वीकार्य बनाउने मान्यताद्वारा निर्देशित हुने उनको भनाइ छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणालीमा सुधार गरेर सुशासनको आधार तयार पार्न आयोग लागि पर्ने प्रतिवद्धतासमे व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment