Comments Add Comment

गैरआवासीय नेपालीको नागरिकताबारे लण्डनमा बहस

२० वैशाख, लण्डन । बेलायतमा गैरआवासीय नेपालीहरुबीच ‘एनआरएन बहस’ आयोजना हुने भएको छ ।

बहसमा गैरआवासीय नेपाली संघका विश्वभरका नेताहरुसमेत सहभागी हुने आयोजक ट्वान्टीफोर न्युज प्रेस डटकममा अध्यक्ष तथा एनआरएनए बेलायतका उपमहासचिव बिनय अधिकारीले बताए ।

आगामी मे २५ तारिखका दिन लण्डनमा आयोजना हुने ‘एनआरएन बहस’मा बेलायतस्थित नेपाली राजदूत दूर्गाप्रसाद सुवेदी, एनआरएनएका पूर्वअध्यक्षद्धय शेष घले, जीवा लामिछाने, वर्तमान अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, कुल आचार्यलगायतले सम्बोधन गर्नेछन् ।

संसदमा विचाराधीन रहेको गैर आवासीय नेपाली नागरिकताकोे विषयलाई प्रमुख मुद्दा बनाएर बहस कार्यक्रम आयोजना गर्न लािगएको आयोजक संस्थाका अध्यक्ष विनय अधिकारीले बताए । गैरआवासीय नेपालीको अहिलेको जल्दाबल्दो मुद्धामा केन्द्रित भएर एनआरएन बहस आयोजना गरिएको उनको भनाइ छ ।

अहिले सबैभन्दा जल्दोबल्दो मुद्दाका रुपमा एनआरएन नागरिकता रहेकाले बहस कार्यक्रममा त्यसैलाई जोडतोडले उठाइने अध्यक्ष अधिकारीले बताए । ‘विश्वभरी बस्ने लाखौँ गैरआवासीय नेपालीको विषयलाई केन्द्रित गरेर बहस आयोजना गरेका हौँ,’ अध्यक्ष अधिकारीले भने, ‘यूकेमा यो कार्यक्रम पहिलो हो भने सम्भवत विश्वभरीकै पहिलो नमूना बहस हुने अपेक्षा गरेका छौं ।’

कार्यक्रममा एनआरएनए नागरिकता कार्यदलका संयोजक रामप्रताप थापा, एनआरएन अभियन्ता तथा प्रमुख संरक्षक डमर घले, एनआरएन युकको पूर्वअध्यक्ष योगेन क्षेत्री, संरक्षक सूर्य गुरुङ, अष्टेलिया महावाणिज्यदूत दिपक खडका, एनआरएन यूरोप संयोजक शिव कुमार बरुवाल, एनआरएन अफ्रिकाका संयोजक सुनिल कार्की, एनआरएन यूके अध्यक्ष योग कुमार फगामी लगायतको सहभागिता रहने जनाइएको छ ।

दुई चरणमा सम्पन्न हुने यस कार्यक्रममा पहिलो चरणमा बहस र दोस्रो चरणमा अवार्ड हुनेछ। कार्यक्रममा एनआरएन नागरिकताको सवाल, राष्ट्र विकासमा एनआरएनको आर्थिक लगानी, नेपाली कला, संस्कृति र सभ्यताको नयाँ पुस्तामा हस्तान्तरण, गोर्खाको गौरव र चुनौतीहरु लगायतका एजेन्डामा केन्द्रित गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment