
काठमाडौंको भृकुटीमण्डपस्थित् सानो चौरमा संचालन हुँदै आएको स्वदेशी नेपाली जुत्ता चप्पल तथा फुटवेयर वस्तुहरुको ‘सेल–मेला’ आइतबारदेखि बन्द गरिएको छ ।
जुत्ता उद्योगीहरुले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी खुद्रा व्यापारीहरुको मागलाई समेत ध्यानमा राखेर सो सेल मेला सधैंका लागि बन्द गर्ने निर्णय गरिएको जानकारी गराएका हुन् ।
खुद्रा व्यापारीहरु मारमा पर्ने भएपछि सो सेल मेला अब संचालन नगर्ने निर्णयमा पुगिएको फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन नेपालका पूर्व अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । उनले मेलामा विदेशी जुत्ता समेत विक्री हुन थालेपछि सो विकृतिलाई रोक्न पनि सेल मेला सञ्चालन बन्द गर्नु परेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4