Comments Add Comment

सुरू भयो रातो मच्छिन्द्रनाथको जात्रा

काठमाडौं । वर्षा र सहकालको देवता मानिने रातो मच्छिन्द्रनाथको जात्रा सुरू भएको छ । आइतबारबाट साँझ पुल्चोकमा निर्मित रथमा मूर्ति प्रतिस्थापन गरिएको छ ।

मच्छिन्द्रनाथको मूर्ति रथमा प्रवेश गराउँदा पुल्चोकमै निर्मित मिननाथको रथले स्वागत गर्ने चलन छ । त्यसअघि ललितपुरको कटुवाल दहमा विशेष पूजा गरी मच्छिन्द्रनाथको मूर्तिलाई चाँदीको कलशमा राखेर तबहालमा ल्याइएको थियो ।

वैशाख शुक्ल प्रतिपदामा रथारोहण गरिसकेपछि अक्षय तृतियाका दिन गौदानसहितको शान्ति स्वस्तिपश्चात् चौथी तिथिमा रथयात्रा आरम्भ गरिन्छ । यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ ।

रातो मच्छिन्द्रनाथको जात्रा नेपालकै सबैभन्दा लामो जात्राका रुपमा चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment