Comments Add Comment

अज्ञात समूहले जलायो वडा कार्यालय

२४ वैशाख, डोटी । डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । कार्यालयको ढोका फोडेर कागजात र फर्निचरहरुमा आगजनी गरिएको हो ।

वडा नं. ४ का अध्यक्ष विरेन्द्र बहादुर कोटकेनीले वडा कार्यालय गाउँभन्दा अलि टाढा भएकाले कसले जलायो भन्ने थाहा नभएको बताए । उनले सबै कागजातहरु र फर्निचरहरु जलेर खरानी भएको बताए ।

घटना अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय वीपीनगरबाट प्रहरी निरीक्षक नेतृत्वको टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए ।

बडीकेदार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर चन्दले यस बिषयमा गाउँपालिकाले पनि टोली गठन गरेर छानबिन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment