+
+
Shares

धनुषामा दुई वर्षीय बालकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २४ गते १०:०३

२४ बैशाख, बर्दिवास । धनुषाको मिथिला नगरपालिका ६ ढल्केबरमा एक बालकको घाँटी रेटेर हत्या भएको छ ।

मिथिला नगरपालिका ६ बस्ने शम्भु साहको दुई वर्षीय छोरा आर्यन साहको हत्या भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

आर्यन सोमबारदेखि हराइरहेका थिए । आफन्त र प्रहरीले समेत उनको खोजी गरिरहेका थिए । मंगलबार बिहान आफ्नै घरको पछाडि आर्यनको शव फेला परेको हो । बालकको शव देखेपछि परिवारका सदस्यहरुले प्रहरीलाई खबर गरेका थिए ।

शव पोस्टमार्टमको लागि पठाइएको र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?