+
+
Shares

रेनशाको बिहेमा सजिएकी सुष्मा

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २४ गते १८:३९

निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राइले आज प्रेमी प्रज्ज्वल शमशेर जबरासँग बिहे गरिन् । रेनशाको बिहेमा पुग्ने थोरै चलचित्रकर्मीमा पर्छिन्, नायिका सुष्मा कार्की । नायिका सुष्मा कार्की प्रज्ज्वलका बुबा प्रभु शमशेर जबराकी भान्जी हुन् । यसैले पनि उनी बिहे समारोहमा विशेष बनिन् ।

बिहे समारोहमा पुगेकी सुष्मा गहना र सारीमा धपक्कै बलेकी थिइन् । उनको बिहेको बारेमा प्रश्न गर्दा उनले पालो आउँछ मात्र भनिन् । सुष्मा अहिले चलचित्रको काममा खासै व्यस्तत छैनन् । तर, उनले आफूलाई विदेशका कार्यक्रममा बढी व्यस्त भएको बताउँदै आएकी छिन् ।

तस्वीरः शंकर गिरी

 

तस्बिरमा हेर्नुहोस् रेनशा र प्रज्ज्वलको बिहे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?