Comments Add Comment

सिद्धार्थ बैंकको २ शाखाहरुको औपचारिक उद्घाटन

२४ वैशाख, काठमाडौं । सिद्धार्थ बैंकले मंगलबार काठमाडौंको नयाँबजार र लाजिम्पाटस्थित दुई शाखाहरुको औपचारिक उद्घाटन सम्पन्न गरेको छ ।

बैंकको नयाँबजार शाखाको उद्घाटन प्रतिनिधि सभाका सदस्य रामवीर मानन्धर र लाजिम्पाट शाखाको उद्घाटन काठमाडाैं महानगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठबाट भएको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले देशभर १५३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६२ एटीएम र १,३०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment