+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विश्वकप अघि एनरिच आउट, मोरिस इन

दक्षिण अफ्रिकालाई खेलाडी चोटले सतायो

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २४ गते १९:४०

२४ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट अघि दक्षिण अफ्रिकालाई खेलाडीको चोटले सताएको छ ।

टिमका दुई जना फाष्ट बलर घाइते छन् भने अर्का एक जना फाष्ट बलर बाहिरिएका छन् । कागिसो रबडा र डेल स्टेन पनि घाइते छन् । तर उनीहरुले भने विश्वकप खेल्नेछन् ।

आईसीसीले जनाएअनुसार विश्वकपका लागि टिममा परेका फाष्ट बलर एनरिच नोरट्जे चोटकै कारण बाहिरिएका छन् । उनको स्थानमा अलराउण्डर क्रिस मोरिसलाई टिममा बोलाइएको छ ।

क्लोज क्याम्पमा अभ्यास गर्दा उनको दाहिने हातको बुढी औला भाँचिएको छ । उनी पूर्ण ठीक हुनका लागि ६ देखि ८ साता लाग्ने भएको हुँदा विश्वकपबाट बाहिरिएका हुन् ।

२५ वर्षीय एनरिचले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा गत मार्चमा श्रीलंकाविरुद्ध डेब्यु गरेका थिए । श्रीलंकाविरुद्धको सिरिजमा चार खेलबाट ८ विकेट लिएपछि उनीमाथि टिमले विश्वास लिएको थियो ।

उनको स्थानमा क्रिस मोरिसलाई ल्याउनु उपयुक्त विकल्प भएको क्रिकेट दक्षिण अफ्रिकाले बताएको छ । ३४ एकदिवसीय क्रिकेट खेल खेलेका बलिङ अलराउण्डर क्रिस मोरिसले ३९३ रन बनाएका छन् । बलिङतर्फ भने उनले ३४ एकदिवसीय खेलबाट ३५ विकेट लिएका छन् ।

दक्षिण अफ्रिका टिम

फाफ डु प्लेसिस (कप्तान), जेपी डुमिनी, डेभिड मिल्लर, डेल स्टेयन, एनडिल फेहलुक्वायो, इमरान ताहिर, कागिसो रबडा, ड्वाइन प्रेटोरियस, डी कक, क्रिस मोरिस, लुंगी नगिडी, एइडेन मरक्रम, रसिइ भान डेर डुसेन, हसिम अमला र तब्राइज शाम्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?