Comments Add Comment

ऋतिक र कंगनाको भिडन्त पक्का

बलिउड नायक ऋतिक रोशन अभिनित चलचित्र ‘सुपर ३०’ले जनवरीमा आफ्नो रिलिज मिति पक्का गरेको थियो । तर, सोही मितिमा नायिका कंगना रनावत अभिनित ‘मनिकर्णिका’ पनि रिलिज हुने भएपछि ऋतिकले उक्त मिति छाडेका थिए ।

ऋतिक र कंगनाबीच निकै ठुलो द्वन्द्व छ । कुनै समय एक अर्काको गहिरो प्रेममा रहेका यी दुइले पछि एकअर्कालाई आरोप प्रत्यारोप गर्न थाले । यो कुराले ठूलै तहल्का समेत मच्चायो । त्यसैले ऋतिकले विवादलाई कम गर्नकै लागि पनि चलचित्र एकसाथ रिलिज नगरेको चर्चा छ । तर, निर्माण टीमले भने प्रविधिक कारणले रिलिज नभएको बताएको थियो ।

जनवरीमा टरेको ऋतिक र कंगनाको भिडन्त अब पुनः हुने भएको छ । जनवरीबाट सरेर ऋतिकको ‘सुपर ३०’ले जुलाई २६ लाई रिलिज मिति तय गरेको थियो । अब उक्त मितिमा कंगना अभिनित ‘मेन्टल हे क्या’ पनि रिलिज हुने पक्का भएको छ ।

‘मेन्टल हे क्या’ले उक्त रिलिज मिति तय गरेपछि ‘सुपर ३०’ सर्ने खबर बाहिरिएको थियो । तर, निर्माण पक्षले प्रेस विज्ञप्ती जारी गरी उक्त मितिबाट नसर्ने जनकारी दिइसकेको छ । यसैले पनि ऋतिक र कंगनाको भिडन्तले बक्स अफिसमा त द्धन्द्ध निम्तयाउने नै छ, त्यो भन्दा बढी मिडिया र दर्शकमाझ युद्ध गराउने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment