Comments Add Comment

सेयर खरिद बिक्री सेटलमेन्ट अब ई–बैंकिङमार्फत

२४ वैशाख, काठमाडौं । शेयर खरिद बिक्रीपछिको सेटलमेन्ट अनलाइन बैंकिङको माध्यमबाट गर्न थालिएको प्रयास अन्तिम चरणमा पुगेको छ । शेयर खरिदको तीन कार्य दिनभित्र हुने चेकमार्फतको सेटलमेन्ट झञ्झटिला् भएको गुनासो लगानीकर्ताका् थियो ।

अगामी दुई साता भित्रै प्रयोगमा आउने उक्त प्रणालीले सेयर खरिद र बिक्री पछि अकाउन्टपेयी चेक लिएर बैंकमा लाइन लाग्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । शेयर खरिद बिक्री अनलाइन प्रणालीबाट सुरु भएसंगै सेटलमेन्ट पनि अनलाइन बनाउन लगानीकर्ताले माग गर्दै आएका थिए ।

नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानका अनुसार ५० वटै ब्रोकर कार्यालयमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अनलाइन प्रणालीसंगै आवश्यक उपकरण र प्रविधि जडान भइसकेको छ । पूर्ण सञ्चालनपछि समस्या नआओस भनेर अहिले परीक्षणहरु चलिरहेको प्रधानले बताए ।

ब्रोकर कार्यलयहरु आईपीएस कनेक्टमा जोडिएपछि पहिलो चरणमा लगानीकर्ताले सेयर खरिदपछि ब्रोकरलाई तिर्नुपर्ने रकम अनलाइन बैंकिङमार्फत नै भुक्तानी गर्न सक्नेछन् । लगानीकर्ताले ब्रोकरलाई सेयर खरिदको रकम भुक्तानी गर्न हाल ४८ वटा बैंकहरुसंग सम्झौता भइसकेको र यो क्रम थपिने चरणमा रहेको नेपाल क्लियरिङ हाउसले जनाएको छ ।

आइपीएस कनेक्टमा जानका लागि सबै ब्रोकरहरुले सम्बन्धित बैंकलाई पत्र लेखिसकेको ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए । पहिलो चरणमा लगानीकर्ताले ब्रोकरलाई भुक्तानी गर्नका लागि मिल्ने गरी काम भएको भन्ने आफूले सुनेको रानाभाटले बताए । ‘सकेसम्म पैसा लिने र दिने दुवै काम एकै पटक सकिने गरी काम अगाडि बढाउन क्लियरिङ हाउसलाई भनिएको छ’, रानाभाटले भने ।

नेपाल स्टक एक्सचेले लगानीकर्तालाई थप सेवा दिन ब्रोकर र क्लियरिङ हाउसलाई नेप्सेले मध्यस्तता गरेको बताएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेपाल क्लेरिङ हाउस, ब्रोकर र नेप्सेको अनलाइन सेवा प्रदायक वाईको मिलेर काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

नेप्सेले तोकेको चार क्लियरिङ बैंकबाट यो सेवा केही अनलाइन प्रयोगकर्ता लगानीकर्ताहरु लिइसकेको र त्यो निशुल्क भएको पराजुलीले बताए । ई–बैंकिङ सेटलमेन्ट भौतिक झञ्झटरहित रहे पनि अन्तर बैंकिङ बाहेकबाट गरिने सेटलमेन्टमा आर्थिक भार थपिन सक्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment