+
+
Shares

सालको काठसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २६ गते १३:३८

२६ वैशाख, वीरगञ्ज । पर्साबाट प्रहरीले सालको तयारी गोलिया काठ सहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले पर्सागढी नगरपालिका वडा नम्बर ९ बस्ने बलिराम सहनी र चैती देवीलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका-१३ बाट बिहीबार पक्राउ परेका बलिराम ना४ख ६९५८ नम्बरको यात्रुबहाक बसका चालक हुन भने चैतिदेवी बसधनी हुन् ।

वागवानाबाट वीरगञ्जतर्फ आइरहेको बसमा अवैध रुपमा सालको गोलिया काठ ल्याउँदै गरेको सूचनाको आधारमा उनीहरुलाई ११ क्युफिट काठसहित पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

बसमा खानतलासी गर्दा बसको डिक्की र छतमा लुकाएर ल्याउँदै गरेको ११ क्युफिट सालको तयारी गोलियाकाठ बरामद भएको प्रहरी निरीक्षक मल्लको भनाइ छ । बरामद गरिएको काठको मूल्य अन्दाजी ५० हजार रहेको अनुमान गरिएको छ ।

बरामद गरिएको काठ, बस र पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय पर्सामा बुझाइएको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?