Comments Add Comment

लालबाबुलाई अमरेश सिंहको प्रश्न : जथाभावी कर्मचारी सरुवा किन गरेको ?

Photo Credit : रासस

२६ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले जथाभावी कर्मचारी सरुवा गर्ने परिपाटी तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन् ।

सिंहले २ वर्षसम्म कर्मचारी सरुवा नगर्ने कानुनी व्यवस्था किन उलंघन गरेको ? भनी सरकारलाई प्रश्न पनि गरे ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै उनले सरकारले ऐन उलंघन गरेर कर्मचारी सरुवा गर्ने काम गर्न नपाउने पनि जिकिर गरे ।

यता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भने कानुनसम्मत ढंगले कर्मचारी सरुवा हुने गरेको जवाफ दिए । उनले कानुन र नियमावलीमा स्पष्ट नभएको कुरालाई भने सरकारले आवश्यक नीतिगत निर्णय लिएर अघि बढाउने पनि बताए ।

मन्त्री पण्डितले कर्मचारीको सेवा र सर्तसम्बन्धि कानुनी व्यवस्थालाई अझै स्पष्ट बनाउन सरकारले सो विधेयक ल्याएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment