Comments Add Comment

कारोबार रकम बढे पनि नेप्से ऋणामत्मक

२६ वैशाख, काठमाडौं । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ५.६४ अंकले घटेर १२९१.९६ को बिन्दुमा झरेको छ । सानिमा बैंकको संस्थापक सेयर कारोबार भएका कारण कारोबार रकम भने अघिल्लो दिनको तुलनामा ४४ करोडले बढेको छ । बुधबार ५० करोड ७९ लाख रुपैयाँ बराबर कारोबार भएको थियो ।

सानिमा बैंकको ३२ करोड ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर बिहिबार कारोबार भयो । बिहिबार १७४ कम्पनीको ३५ लाख ८५ हजार ६९५ कित्ता शेयर ९४ करोड ७३ लाख रुपैयाँमा कारोबार भयो । बिहीबार करोबारमा आएका १० उपसमुहमध्ये निर्जीवन र उत्पादन तथा प्रशोधन समुह मात्रै सकारात्मक रुहृयो ।

बिहिबार सगरमाथा इन्स्योरेन्सको शेयरधनीहरुले सबै भन्दा धेरै कमाए भने  प्रोग्रसिभ फाइनान्सको शेयरधनीले सबै भन्दा धेरै गुमाउन पुगे । सगरमाथा इन्स्योरेन्सको सेयर बिहिबार सबै भन्दा धेरै ८.५१ प्रतिशतले बढ्यो भने प्रोग्रसिभ फाइनान्सको सेयर ९.२४ प्रतिशतले घट्यो । कारोबार सुरु भएको पहिलो एक घण्टा सुधारत्मक देखिएको बजारमा त्यस पछि भने निरन्तर पहिरो गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment