Comments Add Comment

च्याम्पीयन अब नेपालमा

२६ वैशाख, काठमाडौं ।आर.पि.ग्रुपले विश्व प्रसिद्ध अमेरिकन स्पोर्ट ब्राण्ड च्याम्पीयन नेपालमा भित्र्याएको छ । हाल यस ब्राण्डद्वारा उत्पादित स्पोर्ट वेयरहरु विश्वभरि नै अत्यधिक रुचाइएको ब्राण्ड हो । यो ब्राण्ड स्टोर्ट वेयर उत्पादन गर्ने कम्पनीहरु मध्ये सबैभन्दा उत्तम कम्पनी हो ।

हाल यस कम्पनीद्वारा महिला, पुरुष तथा बालबालिकाहरुलाई हुने हुडी, सिलिभहरु, ग्राफिक टिज्, ज्याकेट, आउटर, पेन्ट, सर्ट, जुत्ता, ब्याज लगायतका फेशेनेबल तथा स्पोर्टस वेयरहरु उत्पादन गर्दै आइरहेको छ ।

अमेरिकामा स्पोर्ट वेयर भन्ने बित्तिकै यस ब्राण्डद्वारा उत्पादित वस्तुहरुलाई बुझिन्छ । यो ब्राण्ड एनबिएको प्रायोजक समेत रहेको छ । स्पोटर्स वेयरमा आफ्नो वर्चश्व जमाउन सफल यो ब्राण्ड अब नेपाल भित्रिएको हो र यसको एकमात्र आधिकारी बिक्रेता आर.पि.ग्रुप रहेको छ । आर.पि.ग्रुपले यसअघि पनि अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाउन सफल फेशन वेयरहरु डामिलानो इटालिया, रोशो ब्रुलेनो, लुइस फिलिपी, इण्डियन टेरेन लगाएको दजर्नाै ब्राण्डहरु भित्र्याएर बिक्री वितरण गर्दै आइरहेको छ ।

हाललाई यो ब्राण्डको स्टोर काठमाडौंको दरवारमार्गमा, ललितपुर कुमारीपाटीमा रहने छ तथा केही समयपछि मुलुकका अन्य मुख्य सहरहरुमा पनि सञ्चालनमा आउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment