+
+
Shares

पशु बधशाला र मासु जाँच ऐन तीन सहरमा मात्र लागू

पशु बधशाला र मासु जाँच ऐन, २०५५ बनेको २७ वर्ष भइसक्दा पनि तीन सहरमा मात्र लागू भएको छ । तीन सहरमा पनि ऐन बनेको १० वर्षपछि मात्र लागू भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २० गते १४:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पशु बधशाला र मासु जाँच ऐन, २०५५ बनेको २७ वर्षमा पनि तीन सहरमा मात्र लागू भएको छ।
  • यो ऐन २०६५ जेठ १५ गतेदेखि हेटौँडा, बुटवल र सुर्खेतमा मात्र लागू भएको छ।
  • ऐन कार्यान्वयन गर्ने निकाय नरहेको र प्राविधिक कर्मचारी पर्याप्त नभएकाले जनस्वास्थ्यमा प्रभाव परेको छ।

२० चैत, काठमाडौं । पशु बधशाला र मासु जाँच ऐन, २०५५ बनेको २७ वर्ष भइसक्दा पनि तीन सहरमा मात्र लागू भएको छ । तीन सहरमा पनि ऐन बनेको १० वर्षपछि मात्र लागू भएको हो ।

यो ऐन २०६५ जेठ १५ गतेदेखि मात्र लागू भएको हो । ऐनको दफा २ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको क्षेत्रमा मात्र ऐन लागू हुने उल्लेख छ ।

यो व्यवस्था अनुसार हालसम्म यो ऐन हेटौँडा, बुटवल र सुर्खेतमा मात्र लागू भएको भेटेरिनरी गुणस्तर तथा औषधि नियमन प्रयोगशालाका प्रमुख पशु चिकित्सक सुजन रानाले जानकारी दिए । यो ऐन देशका सबै सहरमा लागू नहुँदा जनस्वास्थ्यमा यसको प्रभाव परेको पनि उनले बताए ।

ऐनमा कार्यान्वयन गर्ने निकाय नरहेको र पशु सेवा विभागमा पनि ऐन कार्यान्वयनको एकाई गठन नभएकाले यस्तो अवस्था आएको प्रमुख पशु चिकित्सक रानाले बताए ।

ऐन लागू नहुँदा खाद्य स्वच्छतामा प्रभाव पर्ने गरे पनि कार्यान्वयनमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

हाल मासु जाँच गर्न सक्ने प्राविधिक कर्मचारी पर्याप्त नभएकाले यसले जनस्वास्थ्यमा गम्भीर प्रभाव पार्न सक्नेतर्फ सरोकार भएका निकायका ध्यान जानुपर्ने प्रमुख पशु चिकित्सक राना बताउँछन् । रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?