Comments Add Comment

मंगलपुरमा सांस्कृतिक तथा ब्यापार मेला हुने

२७, वैंशाख, चितवन । पश्चिम चितवनको मंगलपुरमा प्रथम मंगलपुर सांस्कृतिक तथा ब्यापार मेला हुने भएको छ ।

जेठ १ गतेदेखि १५ गतेसम्म हुने मेलामा १२५ भन्दा बढी रहने आयोजकले जानकारी दिएको छ । मेलामा कृषि पर्यटन, खाना, विभिन्न सांस्कृतिक भेषभुषा झल्किने स्टलहरु राखिनेछ ।

आयोजकका अनुसार बोटे, नेवार, थारु जातिको संस्कृती झल्कने गरी केही स्टलहरु निर्माण गरिने छन् । गणेश युवा क्लव बजार व्यवस्थापन समिति मंगलपुरको आयोजनामा हुने मेलामा १ लाख ७५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

चितवनमा गर्मीको समय भएका कारणले रातिसम्म १० बजेसम्म मेला सञ्चालन गरिने आयोजकले जनाएको छ ।

हरेक दिन दुई जना राष्ट्रियस्तरका कलाकारबाट सांस्कृतिक प्रस्तुति रहने मेला संयोजक निर्मल भट्टराईले जानकारी दिए ।

उनले मंगलपुरको पहिचानका लागि मेला आयोजना गरिएको जानकारी दिए । मेला सञ्चालन गर्न १५ लाख खर्च लाग्ने अनुमान आयोजकको छ ।

मेलामा प्रवेश शुल्क ५०, विद्यार्थी सहुलियतमा ४० र वृद्धवृद्धालाई निशूल्क व्यवस्था गरिएको छ ।

महोत्सवबाट उठेको रकमबाट नाफा भएको रकम सामाजिक कार्यमा खर्च गरिने आयोजकको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment