+
+
Shares

चार कम्पनीको ५० लाख कित्ता बोनस सेयर सूचिकृत

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते १५:०९

२९ बैशाख । काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सुचिकृत चार कम्पनीको पचास लाख भन्दा धेरै बोनस सेयर दोस्रो बजारमा कारोबारको लागि सुचिकृत भएको छ । पछिल्लो तीन कारोबार दिनमा नेपाल एसबिआई बैंक, मिरमिरे लघुवित्त, काबेली बिकास बैंक र सिभिल लघुवीत्तको ५० लाख ५३ हजार ६७२ कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको नाफाबाट ४० लाख २३ हजार ४ सय ५२ कित्ता, मिरमिरे लघुवित्त वित्तीय संस्थाको २ लाख ४९ हजार २४ कित्ता तथा काबेली बिकास बैंकको ७ लाख ३७ हजार ६६ कित्ता र सिभिल लघुवीत्तको ४३ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सुचिकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?