+
+
Shares

प्रधानमन्त्री कप क्रिकेट सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २९ गते १९:०८

२९ वैशाख, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप एकदिवसीय क्रिकेट प्रतियोगिताको मिति सकेको छ ।

जेठ १ गतेदेखि २३ गतेसम्म कीर्तिपुरको टियु क्रिकेट मैदानमा हुने भनिएको पीएम कप एक साता पर धकेलिएको छ ।

अब प्रतियोगिता जेठ आठ गतेदेखि हुने भएको छ । दैनिक रुपमा दुई वटा खेल खेलाउने उद्देश्यले प्रतियोगिताको मिति सारिएको राखेपले जानकारी दिएको छ । यसअघि टियु क्रिकेट मैदानमा दिनमा एक वटा मात्रै खेल खेलाउने योजना बनाएको थियो । तर मुलपानी क्रिकेट मैदानमा पनि प्रतियोगिताको केही खेल आयोजना हुने भएपछि मिति सरेको हो ।

पीएम कपमा ७ प्रदेश र तीन विभागी टिम गरी १० टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता टिमले २० लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, उपविजेता बन्ने टिमले १० लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल हात पार्नेछ भने उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार नगद प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?