
२९ वैशाख, विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा नेतृत्वको सरकारलाई लोकतन्त्र बाँदरको हातमा नरिवल भनेजस्तै भएको टिप्पणी गरेका छन् ।
नेपाल महिला संघ मोरङले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले सरकार लोकतन्त्रमा विश्वास नराख्ने र लोकतन्त्र मास्न लागि परेको आरोप लगाए । वरिष्ठ नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले एक एक गर्दै लोकतन्त्रको उपलब्धी उल्ट्याउने कदमहरु चालेको पनि जिकिर गरे ।
गणतन्त्रलाई संस्थागत गर्ने भन्दा पनि मास्ने कार्यमा नेकपा नेतृत्वको सरकार लागेको पौडेलले बताए ।
कार्यक्रममा महिला नेतृहरुले पार्टी भित्रको गुटगत राजनीतिले कांग्रेसलाई कमजोर बनाएको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका थिए ।
उनीहरुले अहिले पार्टीभित्रको अधिनायकवादभित्र लड्ने पर्ने अवस्था आएकाले विधि र विधान सम्वद पार्टी चल्नु पर्नेमा समेत जोड दिएका थिए ।
महिला संघ मोरङकी अध्यक्ष शान्ता पौडेल, झापा अध्यक्ष शुशिला ढकाल पार्टी भित्रको सुद्धिकरणमा समेत अव नेतृत्वले ध्यान दिन आवश्यक रहेकोमा जोड दिएका थिए ।
नेपाल महिला संघ मोरङ कार्यसमितिले आयोजना गरेको दुई दिने प्रशिक्षण भेला रोक्न पार्टी सभापति शेरबहादुर देउवा पक्षले निर्देशन दिएको थियो ।
प्रतिक्रिया 4