Comments Add Comment

१०० वर्षमा सत्यमोहन, ललितपुर महानगरपालिकाले दियो बिदा

३० वैशाख, काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशी सोमबार दिउँसोबाट १०० वर्षमा प्रवेश गर्दैछन् । यसै अवसरमा ललितपुर महानगरपालिकाले आज उनको सम्मानस्वरुप सार्वजनिक बिदाको घोषणा गरेको छ ।

संस्कृतिविद जोशीको सम्मानस्वरुप स्थानीय सरकारको अधिकार प्रयोग गरेर आफू मातहतका सबै कार्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको महानगरपालिकाले जनाएको छ । महानगरले बिदा दिएकाले महानगरपालिकाअन्तर्गतका सबै कार्यालय सोमबार बन्द हुनेछन् ।

महानगरपालिकाले जोशीको सम्मानमा विभिन्न कार्यक्रमसमेत गर्दैछ । महानगरपालिकाका अनसार साेमबार  बिहान मंगलबजारबाट बाजागाजासहित नगर परिक्रमा गराइ पुल्चोकमा विशेष कार्यक्रम गर्ने तय भएको छ । रक्तदान तथा दीपावली कार्यक्रम राखेकाे महानगरपालिकाले आजै महानगरपालिकाभित्र स्थायी बसोवास गर्ने १०० वर्ष पूरा गरेका अन्य जेष्ठ नागरिकहरुलाई पनि सम्मान गर्ने तयारी गरेकाे छ ।

जोशीको जन्म शताब्धी विभिन्न कार्यक्रम गरेर वर्षभरि नै मनाउने निर्णय महानगरले गरेको छ । महानगरपालिकाका अनुसार सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक नेपालीमा प्रकाशन गर्ने, जोशीको तस्वीर अंकित व्यानर सगरमाथामा फहराउने, तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न पहल गर्नेलगायतका कार्यक्रम तय भएकाे छ । जोशीलाई गोसाइकुण्ड दर्शन गराउने तथा उनको विशेष स्मारिका पुस्तक प्रकाशन गर्ने याेजना  पनि  महानगरपालिकाले बनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment