Comments Add Comment

महोत्तरीमा ट्रक र टिप्पर ठोक्किँदा २ जनाको मृत्यु

३० वैशाख, बर्दिबास । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवास नगरपालिका ५ माइस्थान चोकमा ट्रक र टिप्पर ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् ।

सोमबार बिहान २ बजे ना ६ ख ३०२० नम्वरको ट्रक र बा ५ ख ४२२२ नम्वरको टिप्पर ठोक्किएका थिए । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको बर्दिवासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment