Comments Add Comment

प्रेसमाथि अंकुश अस्वीकार्य : सुजाता कोइराला

३० वैशाख, विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालेे प्रेसमाथि अंकुश स्वीकार्य नहुने बताएकी छन् । साथै जनताको आवाज उठाउने पत्रकारहरुले पनि संयमित भएर कलम चलाउने बेला आएको उनको भनाइ छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गदै नेतृ कोइरालाले प्रेस स्वतन्त्रता हननका घटना मान्य नहुने भन्दै मिडिया काउन्सिलसम्बन्धी विधेयक फिर्ता लिन सरकारलाई आग्रह गरिन् ।

स-साना कुरामा अल्झिनुभन्दा सवै दलको सहकार्य र सहमतिमा संविधान कार्यान्वयन गर्ने दिशामा सरकारको नेतृत्व गरिरहेको दल जिम्मेवार हुनुपर्ने उनको धारणा छ ।

सरकार संघीयतालाई नियन्त्रण गर्ने सोचबाट अगाडि बढे त्यो सफल नहुने उनले जीकिर गरिन् । ‘कतिपय घटनाले संघीयतालाई नियन्त्रण गर्न खोजेको महसुस हुन्छ,’ कोइरालाले भनिन्, त्यसो भयो भने दुई तिहाईको सरकारलाई त्यो सवैभन्दा दुर्भाग्य हुनेछ । यस दिशातर्फ सरकार नबढनु नै राम्रो हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment