+
+

अर्थमन्त्रीलाई गगनको चुनौती : एक पटक नेपाल घुमौं

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३० गते १६:३६

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले गएको वर्ष आफ्ना निम्ति सुखद रह्यो भन्ने एक जना भेट्टाइदिन अर्थमन्त्रीलाई चुनौती दिएका छन् ।

संसदमा भएको प्रि-बजेट छलफलमा भाग लिँदै थापाले ‘राम्रै राम्रो भयो, सरकारले हरेक दिन एक कदम चालेकाले जनतामा खुसीयाली छायो’ भन्ने सरकारको दाबीको खण्डन गरे । ‘म विनम्रतापूर्वक अर्थमन्त्रीलाई चुनौतीका साथ भन्न चाहन्छु, एक पटक नेपाल घुमौं,’ उनले अघि भने, ‘प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म, विद्यार्थी, शिक्षक, मजदुर, किसान, उद्यमी व्यवसायी कसैलाई पनि भेटौं, यो वर्ष मेरा निम्ति सुखद वर्ष रह्यो भन्ने एक जना भेटाइदिनुस् ।’

आफूले यसो भन्दा अर्थमन्त्रीले अर्थतन्त्र मनोगत ढंगले होइन, तथ्यांकमा गर्नुस् भन्न सक्ने भन्दै उनले तथ्यांकहरु प्रस्तुत गरे । एकातिर लक्षित राजश्व संकलन हुन नसकेको र अर्कोतिर राज्यले चालु खर्च धान्न नसक्ने अवस्था आएको, ९ महिना ४० प्रतिशत विकास खर्च हुन नसकेको, निर्यातको अनुपातमा आयात १४ बाट १६ गुणामा पुगेको, वर्ष/ दुई वर्षमा देखिने वित्तिय तरलता हरेक २/३ महिना देखिन थालेको, भएका उद्योग बन्द हुन थालेको भन्दै उनले निजी क्षेत्रको लागत मात्र होइन, निराशा बढेको बताए ।

सरकारले कुल ग्राहस्थ उत्पादनमा भएको वृद्धिमा हेर्नुस् भन्न सक्ने उनको तर्क छ । तर, ८ प्रतिशतको लक्ष्य राखेकोमा ६.८ प्रतिशत हासिल हुन सक्ने अवस्था आएको र यो मनसुनका कारण कृषिमा भएको वृद्धि, पुनर्निर्माणमा काष्ठ सामाग्रीको प्रयोग, आयातमा आधारित सेवा क्षेत्रमा भएको वृद्धिले ६.८ प्रतिशत आर्थिक वृद्धिदर हालिस भएको सांसद थापाको तर्क छ ।

बाह्य कारणले भएको आर्थिक वृद्धि दियो नहुने भन्दै उनले प्रश्न गरे, ‘यसका आधारमा चमत्कार भयो भनिदिनुपर्ने ?’

समृद्धिको परिकल्पना हावादारी भएका कारण सरकारको नीति तथा कार्यक्रम बरालिएको र त्यसले बजेटको नीति र सिद्धान्त झन अलमल्लिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?