
३१ वैशाख, उर्लाबारी (मोरङ) । हावाहुरीसँगै परेको चट्याङ लागेर मोरङको रतुवामाई नगरपालिका-४ मा मंगलबार एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर ५० वर्षीया सञ्जुदेवी गनगाई सिंहको मृत्यु भएको हो ।
चट्याङका कारण सिंहका परिवारका सदस्य ५० वर्षीय बुधलाल सिंह र १५ वर्षीय सुरेश सिंह घाइते भएका छन् । घाइते दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि घर लगिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4