+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नुवाकोटको थ्री ए हाइड्रोपावरमा कार्यरत चिनियाँ नागरिकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख ३१ गते १८:५४

३१ वैशाख, विदुर (नुवाकोट) । नुवाकोटको लिखु गाउँपालिका-३ स्थित चौघडामा मंगलबार बिहान थ्रि ए हाइड्रोपावरको टावर बनाउने क्रममा टावरको माथिल्लो भागबाट झरेको सामानले लाग्दा एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।

बिहान १० बजेको समयमा हाइड्रोपावरको मर्मतलगायतको काम भइरहेको थियो । त्यसै क्रममा थ्रि ए लाइनको टावरमा तार टाङ्ने काम गरिरहेका चिनियाँ नागरिक ४७ वर्षका हियो झ्याङलाई एक्कासी माथिबाट झरेको सामानले लाग्दा टाउकोमा चोट लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

उनका अनुसार घाइते हियो झ्याङलाई उपचारका लागि जिल्ला अस्पताल त्रीशुली ल्याउने क्रममा बाटामा नै मृत्यु भएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?