Comments Add Comment

सरकारी अस्पतालमा अधिनायकवाद, निजीमा मलजल

यो विषय शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको हो । र, यो टिप्पणी त्यहाँका निर्देशक डा. पुकार श्रेष्ठमाथि केन्द्रित छ । मलाई अप्ठ्यारो यो पनि छ कि म मेरो अत्यन्त पुरानो, आत्मीय र विदेशमा रहँदादेखिको मित्रका बारेमा टिप्पणी गर्दैछु, जो आजसम्म पनि मेरा सहकर्मी नै हुन् । बाध्य भएरमात्रै म यस्तो कुुरा लेख्दैछु ।

बेलायतमा रहेका बेला डा. पुकार श्रेष्ठसँग न जागिर थियो, न त अध्ययन पूरा नै गरेका थिए, त्योबेला उनको एकमात्र सहारा म नै थिएँ ।

हो, अहिले नेपालमा प्रत्यारोपण कार्यक्रम अघि बढाउन उनको योगदान छ, तर दुर्भाग्यपूर्ण कथा यसरी टुंगिन्छ कि शक्ति र सम्पत्तिका कारण उनी कुनै प्रकारका आलोचना सहन नसक्ने अवस्थामा पुगेका छन् । उनको यही मानसिकताले गर्दा अस्पतालमा कार्यरत धेरैको करियर ध्वस्त भएको छ ।

सबै मानिसका आ-आफ्नो विधामा स्थायी शत्रुहरु हुन्छन् । मेरो सन्दर्भमा पनि उनका अनुचित निर्णयहरु यस्तै शत्रु बनेका छन् । पटक-पटकको प्रयासका बाबजुद पनि न्याय प्राप्त गर्न नसकेपछि म पीडाहरु सार्वजनिक गर्न बाध्य बनेको हुँ ।

मसँग सम्बन्धित नरहेको अर्को छुट्टै विषयमा पनि यहाँ कुरा गर्नु जरुरी छ ।

शहीद धर्मभक्त अस्पतालका नर्सहरुको पनि आफ्नै पीडा छ । जब वार्ता र छलफलले निकास पाएन, केवल १० जना नर्सहरूले घेराउ गर्नेवित्तिकै आफ्नै अस्पतालका स्टाफहरुलाई समेत जेलमा कोच्न डा. पुकार तयार भए ।

धेरै कम स्टाफहरुमात्रै उनका विरुद्ध बोल्न तयार हुन्छन् । किनकि अधिकांश अस्थायी करारमा कार्यरत छन् र धेरैको जीविकोपार्जनको आधार उनकै निजी अस्पताल (निदान हस्पिटल) बनेको छ । यसका साथै अस्पतालमा ३५ वटा सीसी क्यामेराहरु राखिएका छन्, जसको श्रव्य र दश्य सीधै डा. पुकारको मोबाइलमा जाने गर्छ ।

यत्तिका धेरै प्रश्नहरू उठ्दा पनि छलफलका लागि किन कुनै रुचि नै नदेखाएको होला ? बरु केवल १० जना नर्सहरूले घेराऊ गर्दा समेत कायर बनेर प्रहरीको भीड पछि लुक्नुपर्‍या होला ? आफ्नै प्रत्यारोपण कार्यक्रमलाई अगाडि बढाउनका लागि विगत ५ वर्ष भन्दा लामो समयदेखि प्रतिवद्ध रहेका आफ्नै कमचारी जेल पर्दा पनि किन कत्ति पनि चासो र सरोकार नराखेको होला ?

डा. पुकारले आˆनो मोबाइलमा श्रव्यदृष्य दुबै देखिनगरी एप्स राखेर अस्पताल भरी ३५ वटा सीसीटीभी क्यामेराहरू जडान गरेका छन् । यसो गर्नुको बिभिन्न कारणहरु उनले पेश गर्लान् तर, श्रब्य (आवाज) नै सुन्नुपर्ने के छ त्यस्तो ? उनी किन मानिसको व्यक्तिगत अधिकारको सम्मान गर्दैनन् ? नर्सहरुले खाजानास्ता गरेको दृश्य र त्यो बेला हुने बातचित समेत हेर्न र सुन्न उनी किन लालायित बनेका हुन् ? अहिलेको युग सुहाउँदो हो उनको यो रहर ? एक्काइसौं शताब्दीका मान्छे यसरी त्रसित वातावरणमा काम गर्न बाध्य हुनु कतिको न्यायोचित हो ?

सरसफाई परिचारिकादेखि परामर्शदाता तहका कर्मचारीसम्म फुटाऊ र शासन गरमै उनी रमाउन चाहन्छन् । अवस्था यहाँसम्म आइपुगेको छ कि डिक्की शेर्पा र जीता बराल नाम गरेका दुईजना नर्सले न्यायको माग गर्दै आमरण अनसन गरिरहेका छन् । तीमध्ये एक जनाको त मात्र १८ महिनाको बच्चा छ । आज भोक हडतालको छैठौंं दिन चलिरहेको छ । तर, पुकारले कुनै वास्ता वा सहानुभूति देखाएका छैनन् । न त समस्या समाधान गर्न नै अग्रसर छन् ।

मैले नेपाल मेडिकल काउन्सिलको अनुशासन विभागमा उनीविरुद्ध प्रमाणहरुसहित कारवाहीको माग गर्दै सूची नै बुझाइसकेको छु ।

डा. पुकार यस्ता निर्देशक छन्, जो सहकर्मीहरू आˆनो अगाडि लम्पसार नपर्ने हो भने अस्पताल जलेको हेर्न तयार छन् । उनले एकाएक अस्पतालका सिनियर सदस्यहरुसँग छलफल नै नगरी अत्यन्तै पूर्वाग्रही लोकसेवा सुची प्रकाशित गरे । यो लामो समयदेखि उनले तयार पार्दै आएको पूर्वनियोजित षडयन्त्र थियो । अब त्यहाँबाट सक्षम जनशक्ति विस्थापित हुँदैछ । जसको कारण पुरै अस्पताल ध्वस्थ हुँदैछ । अन्ततः विरामीहरूलाई उनकै निजी निदान अस्पताल धाउनुको कुनै विकल्प नै रहने छैन ।

कलेजो प्रत्यारोपण कार्यक्रम त मृत-प्राय नै भइसकेको छ । बीर अस्पतालमा प्रत्यारोपण कार्यक्रम ध्वस्थ पारेको पनि त आखिर उनैले हो । वीर अस्पतालमा जो कोहीले त्यो भनिरहेका छन् ।

दिनदहाडै सडकमै हृदयघातले मानिसहरू भक्तपुरमा छटपछिटदै मर्दा पनि डा. पुकारलाई कुनै मतलब छैन । जब कि दशौं करोडका उपकरणहरू उनका कारणले प्रयोगविहीन अवस्थामा छन्, जुन ती यावत् मानिसको जीवन रक्षाका लागि उपयोगी हुन सक्थे ।

यसरी भौतिक उपकरण र सक्षम जनशक्ति हुँदैहुँदै पनि कोही अकालमा मर्न बाध्य हुन्छ भने त्यसको जिम्मेवारी लिनुपर्ने होइन ? तर, उनलाई कुनै वास्ता भएन ।

अहिले आफू कलेजो प्रत्यारोपण शल्य चिकित्सक भएको झूठा दाबी उनी गरिरहेका छन् । जबकि वास्तविकतामा उनी केवल सुपरीवेक्षणका अनुभवी मात्रै हुन् । एउटा प्रश्न उठाउनैपर्ने हुन्छ, करोडौंको उपकरण किन्न सक्ने उनले एचएलए परीक्षण उपकरण चाहिँ किन्न सक्दैनन ? तर, किन्दैनन् । किनकि यो उपकरण उनको निजी अस्पताल (निदान) मा मात्रै उपलब्ध छ ।

हो, हाम्रा कानुनी व्यवस्थाहरू अवैज्ञानिक छन् । तर, अन्यायको विरुद्ध, परिश्रमी तथा इमान्दार मानिसहरूमाथि रजाँई गर्नेहरू विरुद्ध, बलिदान दिन र उभिन तयार मानिसहरूको अभाव पनि त यो देशमा कहिल्यै भएन ।

आशा थियो, कुनै दिन डा. पुकारले आफूलाई सार्वजनिक मञ्चमा प्रस्तुत गर्नेछन् र निश्पक्ष छलफलमा सहभागी हुनेछन् (यो अस्पतालमा निश्पक्ष तथा इमान्दार छलफललाई कहिल्यै स्थान नै दिइएन) ।

मिर्गौला, कलेजो तथा मुटु/फोक्सो प्रत्यारोपणलाई अगाडि बढाउन सक्ने गरी आफू अगाडि बढ्न हामी तयार छौं । महान उचाइहरू हासिल गर्न हामी पनि उत्तिकै सक्षम छौं भन्ने कुरा बाँकी संसारलाई देखाउने कुराको सम्भावना जहिल्यै पनि कायमै रहन्छ ।

६ सय मिर्गौला प्रत्यारोपण गरेको तथ्य पेश गरेकै भरमा लापरवाहीपूर्ण निर्णयहरू गर्ने अधिकार कसैलाई छैन । एउटा भन्ने अर्को गर्ने, अस्पतालमाथि कठोर अधिनायकी नियन्त्रण राख्न खोज्ने, आफ्नो अगाडि लम्पसार नपर्नेहरूप्रति बर्बर तरिकाले दमन गर्ने कुरा स्वीकार्य हुन सक्दैन । सत्य बोल्नेलाई निष्कासन गर्ने, फुटाऊ र शासन गर भन्ने नीति अपनाउने, दशौं करोडका उपकरणहरूप्रति जवाफदेही नबन्ने, र छलफलका लागि कुनै स्थान नै नदिने जस्ता कामका लागि आफूलाई अलौकिक शक्ति प्राप्त भएको छ भन्ने ठान्दै शक्ति र पैसाको नशामा चुलुम्म डुब्न पाइँदैन । यस्ता उदाहरणहरू त कत्ति छन कत्ति ? धेरैको जीवन तथा पेशा ध्वस्थ भएको छ । जोखिममा परको छ । तर, सबैभन्दा महत्वपूर्ण कुरा त हामी प्रत्यारोपण कार्यक्रममा यहाँबाट कता जाने भन्ने नै हो । जसका लागि अहिले संघर्ष अपरिहार्य बनेको छ ।

विगत ६ महिना भन्दा लामो समयदेखि मुटु सम्बन्धी कार्यक्रममाथि भएको जानीबुझी गरिएको लापरवाहीका कारण, धुलीखेल, बनेपा, भक्तपुर क्षेत्रमा यत्तिका धेरै असामयिक मृत्यु हुन गएको छ । के यो अपराध नै होइन र ? कलेजो प्रत्यारोपण कार्यक्रम विल्कुलै अस्तव्यस्त छ, जहाँ सुधारको निकै कम आशा राख्न सकिन्छ ।

वीर अस्पतालमा ४ वर्ष र भक्तपुरमा ७ वर्ष गरी ११ वर्षको कार्यकालमा ६ सयवटा प्रत्यारोपण गर्दा पनि डा. पुकारले मिर्गौला प्रत्यारोपण गर्न सक्नेे एउटा पनि शल्य चिकित्सक तयार नपार्नुको कारण के हो ? बरु आˆनै स्वप्रयासबाट उनीभन्दा सक्षम जनशक्ति निर्माण भएको छ । अहिले त्यही जनशक्तिबाट आफू विस्थापित हुन्छु कि भन्ने त्रास पुकारमा देखिएको छ । यसका लागि कति कपटपूर्ण काम उनी गरिरहेका छन् भन्नेबारे मैले थप केही बताइरहनुपर्ला र ? अफशोस, मिर्गौलाको प्रत्यारोपण गर्न सक्ने एकमात्र शल्यचिकित्सक भनेकै पुकार हुन् भन्ने जस्ता भ्रमपूर्ण कथा सार्वजनिक भइरहेका छन् । प्रधानमन्त्री केपी ओलीको समेत मिर्गौला प्रत्यारोपण गरेका शल्य चिकित्सक डा. अनन्त कुमारको सहयोगी भई भारतमा मिर्गौला प्रत्यारोपण सम्बन्धी बिषयमा विद्यावारिधि हासिल गरेका युरोलोजिस्ट तथा ट्रान्सपालेन्ट सर्जन डा. विजय कटवाल हाल यही अस्पतालमा कार्यरत छन् । तिनै शल्यचिकित्सकले सोही अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्दै आइरहेका छन् । फेरि पनि सञ्चार माध्यममा आफू नरहे प्रत्यारोपण केन्ऽ चल्नै नसक्ने जस्ता आधारहीन र भ्रामक समाचारहरु उनी प्रकाशित गर्दै हिँडिरहेका छन् ।

जबकि मिर्गौंला प्रत्यारोपण गर्न सक्ने राम्रा सर्जनहरु यहाँ छन् । तर, जब उनी विदेश भ्रमणमा जान्छन्, त्यो बेला किन हप्तौंसम्म प्रत्यारोपण बन्द गरिन्छ ? यदि उनले दाबी गरेझैं मिर्गौला प्रत्यारोपण गर्न सक्ने उनी एकमात्र व्यक्ति हुन् भने ब्रेनडेड भएका एक व्यक्तिको मिर्गौला प्रत्यारोपण कसरी उनी विदेश भ्रमणमा रहेका बेला सफलतापूर्वक सम्पन्न भयो ? त्यसमा समेत उनी कत्ति निकृष्ट ढंगले प्रस्तुत भए भने पत्रकार सम्मेलन गरेर त्यो कार्यको जस आफैंले लिने प्रयत्न गरे । जब कि नेपालमै पहिलोपटक डा. बिजयको नेतृत्वमा नेपाली चिकित्सकहरुको टिमले दुरबिनको माध्यमबाट पहिलोपटक मिर्गौला प्रत्यारोपण -लापरोस्कोपिक) गरिसकेका छन् ।

फेरि पनि पुकार झूठको खेती गर्न र त्यस्ता प्रतिभालाई निरुत्साहित गर्न नै व्यस्त छन् । के यस्ता व्यक्तिबाट कसरी त्यति महत्वपूर्ण केन्ऽ सञ्चालन सम्भव छ ? जबकि उनी त्यसलाई कमजोर पार्न र आफ्नो निजी अस्पताललाई बलियो पार्न दत्तचित्त छन् । स्मरण रहोस, डा. पुकारको निजी अस्पताल निदानमा पनि मिर्गौला प्रत्यारोपण शुरु गरिएको छ ।

उनी बहुरुपी हुन् भन्ने प्रमाणित गर्न धेरै लेखिरहनुपर्दैन । आफूले यत्तिका धेरै मिर्गौलाका विरामीहरूको ज्यान बचाएको, यत्ति सहृदयी भएको दावी गर्ने, यत्तिको वौद्धिकता, पैसा र शक्ति भएको किन नराखेको होला ? जबकि शल्य सीप हासिल गर्नु र मानवता कायम राख्नु दुई फरक कुराहरू हुन् । नेपालमा नै राम्रो सर्जिकल सीप भएका धेरै डाक्टरहरु छन् ।

अस्पतालमा यो कुरा सबैलाई थाहा छ र यसै कारण उनीहरू अलिअलि बोल्न पनि डराउँछन् । उनी आफु साच्चिँकै इमान्दार भइदिएको भए, यत्ति बढी असुरक्षित महशुस गर्नुपर्ने कारण के हो ? तथापि, आफूमाथिका आरोपहरू खण्डन गरी आफ्नो बचाउका लागि पुकार आफैं अगाडि सरुन्, यदि म गलत रहेछु भने, क्षमायाचनाका लागि सधैव तयार नै छु । तर, उनले पनि क्षमा याचना गरेर आफूलाई सच्याउनु पर्‍यो, आˆना गलत कदमहरू फिर्ता लिनुपर्‍यो । शब्दजाल तथा झूठको खेतीलाई त कसरी पो सहिरहन सकिन्छ र ?

मलाई विश्वास छ, स्वास्थ्य मन्त्रालयका कर्मचारी मित्रहरूले यस अस्पतालको समस्या समाधानका लागि केही गर्दै हुनुहुन्छ । ससाना दुईवटा नानीहरू भएकी एउटी भर्खरकी नर्सले यस्तो अन्यायको विरुद्ध लड्नका लागि आफ्नो जीवनलाई जोखिममा राख्न त तयार भएकी छिन, उनि विगत ६ दिनदेखि आमरण अनशनमा छिन् ।

कतिसम्म दुःखदायी दृश्य अहिले देखिन्छ भने भुईँतल्लामा न्यायको माग गर्दै नर्सहरु जीवन मरणको संघर्षमा छन् । जबकि माथिल्लो तल्लामा पुकार श्रेष्ठ भीड जम्मा पारेर पूर्वाग्रही ढंगले खोलेको लोकसेवाको फारम बुझ्नमा व्यस्त छन् । किन उनी अस्पतालकै टीमसँग समेत लोकसेवाको निश्पक्ष परीक्षा गरउने विषयमा छलफल गर्न सक्दैनन् ?

म फेरि पनि प्रश्न गर्न चाहन्छु, कुनै पनि अनुभव नभएका नर्सहरुबाट भोलिका दिनमा कसरी यो विशिष्ट सेवा दिने अस्पताल चल्न सक्छ ? के घरमा बसेर किताबी ज्ञान हासिल गरेकै भरमा यस्तो केन्द्रमा स्थायी जागिर खान कोही योग्य भए नभएको मापन गर्न सकिन्छ ? किन विगत ७ वर्षसम्म लोकसेवाले कुनै योजना निर्माण गर्न सकेन ? पुकार श्रेष्ठले के यसवीचमा स्थायी रुपमा कर्मचारी भर्ना गर्नेबारे कुनै इमान्दार प्रयास गरे ?

हाम्रो अन्तिम लक्ष्य भनेकै एउटा ठूलो प्रत्यारोपण केन्द्र स्थापना गर्ने हो र न्यायको खोजी तथा वैज्ञानिक प्रविधि लगायत प्रत्यारोपण सीप दुबैका लागि अरु कोही भन्दा हामी कत्ति पनि कम क्षमतावान छैनांै भन्ने कुरा बाँकी संसारलाई देखाउन सक्नेछौं ।

(डा. तुलाधर शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका कन्सल्टेन्ट कार्डियाथोरासिस सर्जन हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment