+

भारतले पहिलोपटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

२०८२ कात्तिक  १७ गते ९:१३ २०८२ कात्तिक १७ गते ९:१३
भारतले पहिलोपटक जित्यो महिला क्रिकेट विश्वकपको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय महिला क्रिकेट टोलीले १७ कात्तिकमा मुम्बईमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराएर पहिलोपटक उपाधि जितेको छ।
  • भारतले दिएको २९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.३ ओभरमा २४५ रनमा अलआउट भएको थियो भने कप्तान लाउरा वुल्भार्डले ९८ बलमा १०१ रन बनाइन्।
  • दीप्ति शर्माले भारतका लागि ५ विकेट लिइन् भने शफाली वर्माले २ र श्री चरनीले १ विकेट लिएर भारतको जितमा योगदान पुर्‍याए।

१७ कात्तिक, काठमाडौं । भारतीय महिला क्रिकेट टोलीले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार मुम्बईमा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले हराउँदै भारतले पहिलोपटक उपाधि जितेको हो ।

भारतले दिएको २९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४५.३ ओभरमा २४५ रनमा अलआउट भयो । कप्तान लाउरा वुल्भार्डले शतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन ।

वुल्भार्डले ९८ बलमा १०१ रन बनाएर ४२औं ओभरमा आउट भएपछि दक्षिण अफ्रिकालाई झट्का लागेको थियो । एनरी डर्कसनले ३५ रन बनाइन् । वुल्भार्डलाई अर्को इन्डबाट राम्रो साथ नमिल्दा दक्षिण अफ्रिका पहिलो उपाधि जित्नबाट चुक्यो ।

भारतका लागि दीप्ति शर्माले ५ विकेट लिइन् । शफाली वर्माले २ तथा श्री चरनीले १ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ५० ओभरमा ७ विकेट गुमाएर २९८ रन बनाएको थियो ।

ओपनर शफाली वर्माले सर्वाधिक ८७ रन बनाइन् भने दीप्ति शर्माले ५८ रन बनाइन् । स्मृति मन्धानाले ४५ रन बनाइन् ।

दक्षिण अफ्रिकाका लागि आयाबोङ्गा खाकाले ३ विकेट लिइन् भने नोकुलेलो मलाबा, नदीन डे क्लर्क र क्लोए टायरनले १-१ विकेट लिए ।

भारतले यसअघि पनि २ पटक फाइनल खेलेकोमा उपाधि जित्न सकेको थिएन । दक्षिण अफ्रिकाले पहिलोपटक फाइनलमा स्थान बनाएको थियो ।

महिला विश्वकपको उपाधि सबैभन्दा धेरै अस्ट्रेलियाले ७ पटक जितेको छ । भारतले अस्ट्रेलियालाई नै सेमिफाइनलमा हराएर फाइनलमा स्थान बनाएको थियो ।

आईसीसी महिला क्रिकेट विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय