+
+
Shares

शाइन रेसुंगाले भार्गव विकास बैंक प्राप्ती गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १ गते १०:२१

१ जेठ, बुटवल । बुटवलमा प्रधान कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले नेपालगञ्जमा प्रधानकार्यालय रहेको भार्गव विकास बैँकलाई प्राप्ति गर्ने भएको छ ।

शाइन रेसुङ्गाले भार्गवलाई प्राप्ति (एक्विजिसन) गर्नेसम्बन्धी प्रारम्भिक सहमति पत्रमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र भार्गव विकास बैंक लिमिटेडका अध्यक्ष डम्बरबहादुर थापाले हस्ताक्षर गरेका छन् ।

दुई महिनाअघि मात्रै शाइन रेसुंगाले भैरहवामा केन्द्रीय कार्यालय रहेको पूर्णिमा विकास बैंकलाई प्राप्तिका लागि नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले सैद्धान्तिक सहमति दिइसकेको छ । अब तीनवटै बैंक मिलेर बन्ने शाइन रेसुंगा डेभलपमेन्ट बैंकको एकीकृत कारोबार साउन १ गतेदेखि शुरु हुने छ ।

अब बैंकको चुक्ता पूँजी २ अर्ब ६७ करोड ५४ लाख, निक्षेप परिचालन २३ अर्ब ६६ करोड ८१ लाख र कर्जा लगानी २१ अर्व २९ करोड ३८ लाख हुनेछ । बैंकको केन्द्रीय कार्यालय सहित ६८ शाखा कार्यालय तथा १ एक्सटेन्सन कार्यालय रहनेछन् ।

शाइन रेसुंगाको रुपन्देही, अर्घाखांची, नवलपरासी, पाल्पा, गुल्मी, कपिलवस्तु, दाङ्ग, प्यूठान, बाग्लुङ्ग र चितवन गरी १० जिल्लामा कार्यक्षेत्र छ भने भार्गवको बाँके, बर्दिया र दाङ जिल्ला कार्यक्षेत्र छ । ‘अब शाइन रेसुंगा प्रदेश ५ कै सबैभन्दा ठूलो विकास बैंक भएको छ’ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौड्यालले भने–‘भार्गवलाई प्राप्ति गरेपश्चात शाइन रेसुंगा राष्ट्रियस्तरको विकास बैंकको रुपमा थप वित्तीय पहुँच विस्तार गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउने गरी अघि बढ्छ ।’

सम्झौताअनुसार भार्गवलाई प्राप्ति पछि बैंकको नाम शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक, केन्द्रीय कार्यालय बुटवल, प्रमुख कार्यकारी अधिकृत शाइन रेसुङ्गाकै प्रकाश पौडेल र सञ्चालक समितिको अध्यक्ष पनि शाइन रेसुङ्गाका अध्यक्ष राजेन्द्र श्रेष्ठ नै रहने छन् । भार्गव विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्करराज जोशी नायव कार्यकारी प्रमुख रहेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?