Comments Add Comment

एसिया कप हृविल चियर क्रिकेट : नेपाल भारतसँग पराजित

१ जेठ, काठमाडौं । एसिया कप हृविल चियर टी-२० क्रिकेट प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ ।

टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको हो । १४१ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले १५.१ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटायो ।

भारतका लागि गौरब विश्वनाथले ५० र पर्शुराम देशाईले १९ रन बनाएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १४० रन बनाएको थियो । कप्तान दिगमसिंह चेम्जोङले अविजित ६६ रन बनाएपछि नेपालले मध्यम स्कोर बनाएको थियो । त्यस्तै विपिन पौडेलले नटआउट ३३ रन बनाउँदा रमेश खत्रीले १५ रनको योगदान दिए ।

आजदेखि सुरु भएको एसिया कप हृविल चियर टी-२० क्रिकेट प्रतियोगितामा आयोजक नेपालसँगै भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment