+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सामुदायिक वनको काठमा डेढ करोडको भ्रष्टाचार ! २० जनाविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १ गते १९:१०

१ जेठ, काठमाडौं । सामुदायिक वनको काठ कटानीमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको तत्कालिन डिभिजन वन अधिकृतसहित १० कर्मचारी, वन उपभोक्ता समितिका ७ र ३ जना ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

बकैया गाउँपालिकाको ब्रम्ह सामुदायिक वनको ११ हजार २ सय ५१.४९ क्युविक फिट काठ अवैध रुपमा कटान गरेको आरोपमा तत्कालिन डिभिजन वन अधिकृत प्रल्हादप्रसाद धितालसहित कर्मचारी, र उपभोक्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले सहायक वन अधिकृत विशाल भट्टराई, मोहनबहादुर खड्का, टंनारायण श्रेष्ठ, नारायणबहादुर कार्की, राजेन्द्रमान भण्डारी, दशराम चौधरी, रेन्जर राजु लामा, फरेस्टर ब्रम्हदेव यादव र वन रक्षक देवीप्रसाद गौतमविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । अख्तियारले उनीहरुविरुद्ध १ करोड ५८ लाख ७० हजार ७ सय ९० रुपैयाँ ३८ पैसा विगो माग दावी गरेको छ ।

त्यस्तै वनको काठ अवैध कटानमा संलग्नको आरोपमा होटल सामना प्रालि हेटौंडाका सञ्चालक सानुकाजी आचार्य, उदयपुरको सामना काष्ठ उद्योगका सञ्चालक सुरज आचार्य र इन्द्रमणि तिमल्सिनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

ब्रम्ह सामुदायिक वन उपभोक्ता समूहका सल्लाहकार भीमबहादुर थिङ, ब्रम्ह आधारभूत विद्यालयका तत्कालिन प्रधानाध्यापक रामबहादुर घोरसाइनी, काठ दाउरा संकलन गर्ने प्रयोजनका लागि गठित समितिका संयोजक बुद्धबहादुर लोप्चन, सदस्यहरु सोमबहादुर तिमल्सिना, सूर्यबहादुर जिम्बा, ब्रम्ह सामुदायिक वनका अध्यक्ष मर्दनसिंह थिङ, कोषाध्यक्ष शुक्रबहादुर भोलनविरुद्ध पनि भ्रष्टाचार मुद्दा लागेको छ ।

उनीहरुले हावाहुरीबाट ढलापढा भनी सालका रुखहरुमात्र छपान गरेको, ढलापडा सबै रुखहरु छपान नगरेको, सालका सग्ला रुखहरु कटान गर्ने बदनियतले छपान गरेको, नियमावलीले निर्देशन गरेबमोजिम छपान नगरेको, क्षेत्रीय वन निर्देशनालय हेटौंडा र डिभिजन वन कार्यालयबाट निरीक्षणमा खटिएका कर्मचारीले न्युनतम प्रक्रियासमेत नपु¥याएको अख्तियारको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?