Comments Add Comment

खेलमा आधारित ‘नारी पाइला’ मोबाइल गेम एप सार्वजनिक

१ जेठ, काठमाडौं । खेलमा आधारित ‘नारी पाइला’ मोबाइल गेम एप नेपालमा सार्वजनिक भएको छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा जर्जटाउन विश्वविद्यालयको प्रजनन् स्वास्थ्य संस्थाले नेपालमा सन्चालित समुदाय रुपान्तरणका लागि प्रजनन् सचेतना परियोजनाको मूल कार्यक्रम अन्तर्गत हालै नेपालमा खेलमा आधारित नारी पाइला मोबाइल गेम एप सहज उपलब्ध गराएको छ ।

अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगसँगको वित्तीय प्रायोजनमा ग्रिड संस्थाद्वारा विकसित गरिएको नारी पाइला एप प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञान प्रवाह गर्ने रमाइलोे खेलहरु हुन् । यस एपमा ४ खेलहरु समायोजित छन् जसमा हरेक खेल किशोर किशोरी यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी छुट्टा छुट्टै विषयहरुमा आधारित रहेका छन् । ४ खेलहरु मध्ये नारी पाइला अचम्म र नारी पाइला भ्रमनिवारक पनि हुन्।

नारी पाइला अचम्म खेलले गर्भमा बच्चाको लिङ्ग निर्धारण सम्बन्धी समाजमा विद्यमान भ्रम तथा मिथ्याहरुलाई खेल खेल्दा खेल्दै निराकरण गर्न सहयोग पु¥याउँदछ । खेलमा विजय र उनकी हजुरआमा सगरमाथाको वेस क्याम्पसम्म पुग्दछन् ।

त्यहाँ, विजयकी हजुरआमाले विजयकी श्रीमती सीताले छोरो पाउनु पर्ने कुरा व्यक्त गर्दछिन्, तर विजय गर्भमा छोरा या छोरी हुनेमा गर्भवती महिलाको कुनै भूमिका नहुने कुरा बताउँछन्, यो त केवल संयोगले हुने कुरा विजयले आफ्नी हजुआमालाई बताउँछन् ।

यही कुरा खेलबाट बताउँन सेता बेलुनहरु वा स्याउहरुद्वारा सीताले लिएको बाल्टी भर्नु पर्ने हुन्छ । यस खेलले के कुरालाई पुष्टी गर्दछ भने बच्चाको लिंग निर्धारण पुरुषको शुक्रकीटले निर्धारण गर्दछ, न कि यसमा जैविक नियन्त्रित हुन्छ । यसमा सबैभन्दा महत्वपूर्ण कुरा पुरुषको शुक्रकिटले छोरा वा छोरी निर्धारण गर्छ र कुन शुक्रकिटले डिम्बलाई निशेचित गर्छ भन्ने कसैको हातमा हुँदैन, न त महिलाको न त पुरुषको, तसर्थ कसैको पनि भूमिका हुँदैन ।

त्यसै गरी अर्को खेल नारी पाइला भ्रमनिवारक रहेको छ, परिवार नियोजनका साधनहरु एवं तिनका साधारण असर र भ्रमहरु सम्बन्धी विस्तृत जानकारी दिनु खेलका प्रमुख उद्देश्यहरु रहेका छन् । यी खेलहरुहरुको माध्यमबाट हाम्रो समाजमा विद्यमान भएका, प्रजनन् सम्बन्धी चेतना, परिवार नियोजनका साधन एवं साधारण असर सम्बन्धी भ्रमहरुको विस्तृत जानकारी खेल खेल्दा खेल्दै प्राप्त गर्न सकिन्छ ।

यस खेलमा चितवनमा पुगी परिवार नियोजनका साधारण असर तथा विधिहरु सम्बन्धी भ्रमहरुलाई पज्जल खेल खेली समाधान गरी निवारण गरिएको छ ।

दुबै खेलले मोबाइल गेम मार्फत् राम्रोसँग समाजमा विद्यमान मिथ्या, गलत धारणा, तथा भ्रमलाई निवारण गरेको देखिन्छ । विभिन्न पात्र एवं चरित्रहरुको संयोजनले गर्दा खेल आफैमा रोचक एवं जीवन्त बन्न पुगेको छ । यसले परिवारका सम्पूर्ण सदस्यहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धी ज्ञान समेत प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment