Comments Add Comment

क्यारेबियन लिगको ड्राफ्टमा चार नेपाली क्रिकेटर

१ जेठ, काठमाडौं । चर्चित फ्रेन्चाइज क्यारेबियन प्रिमियर लिग (सीपीएल) क्रिकेट प्रतियोगितामा नेपालका चार जना खेलाडी परेका छन् ।

सीपीएलले बुधबार सार्वजनिक गरेको ड्राफ्टमा नेपालका सन्दीप लामिछानेसहित चार युवा खेलाडी पर्न सफल भएका हुन् ।

ड्राफ्टमा पहिलो पटक नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र रोहित कुमार पौडल परेका हुन् । सन्दीप लामिछानेले भने यसअघिको सीपीएल सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए ।

सन्दीप सीपीएलमा सफल भएसँगै अन्य तीन जना नेपालका युवा खेलाडी ड्राफ्टमा पर्न सफल भएका हुन् ।

सीपीएलले विश्वभरीका राष्ट्रबाट ५३६ खेलाडीलाई ड्राफ्टमा समावेश गरेको छ । सीपीएलको ड्राफ्ट आगामी मे २२ तारिखमा लण्डनमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment