Comments Add Comment

बैंकभित्र भेटिएको एक लाख रुपैयाँ मानव सेवा आश्रमलाई

२ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित मेगा बैंकको शाखा कार्यालयमा दुई युवकले फेला पारेको एक लाख रुपैयाँ मानव सेवा आश्रम वीरगञ्ज शाखालाई प्रदान गरिएको छ । रकम भेटिएको दावी गर्न कोही नआएपछि मानव सेवा आश्रम शाखालाई प्रदान गरिएको हो ।

वीरगञ्ज महानगरपालिका ८ पानीट्याङ्की बस्ने प्रिन्सकुमार मुखिया र उनका साथी प्रिन्सकुमार पटेलले गत चैत २८ गते बैंकमा भेटेको नगद बिहीबार मानव सेवा आश्रममा बुझाइएको हो । उनीहरुले प्रहरीलाई जिम्मा लगाएको नगद एक महिनासम्म कसैले दावी नगरेपछि मानव सेवा आश्रमलाई हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

रकम पाएपछि प्रहरीले रकम भेटिएको ठाउँमा गएर हेर्ने, सिसिटिभी फुटेज हेर्ने लगायतका काम गरेको थियो । ‘बैंक र प्रहरी कार्यालयमा कतै पनि पैसा हराएको उजुरी आएन, त्यसपछि सबैको सर सल्लाहमा मानव सेवा आश्रम शाखामा बुझाउने निर्णयमा पुगेका हौं’ प्रहरी उपरीक्षक ढकालले भने ।

मानव सेवा आश्रम शाखाका अभिभावक डा‍. दीपक शाक्यले उक्त रकम कल्याणकारी कोष स्थापनाका लागि मुद्धती खातामा राख्ने बताए ।

२०७४ जेठ १५ गतेबाट सेवा आरम्भ गरेको मानव सेवा आश्रमको शाखामा अहिले १ नवजात शिशु, २ जना बालकसहित ३३ जना सहयोगापेक्षी आश्रित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment