Comments Add Comment

रिना मृत्यु प्रकरण : प्रेमी कमल धरौटीमा छुटे

Photo Credit : मृत अवस्थामा भेटिएकी रिना ।

२ जेठ, विराटनगर । आफ्नै घर अगाडि मृत अवस्थामा भेटिएकी रिना बस्नेतका प्रेमी १० हजार धरौटीमा छुटेका छन् ।

मोरङ पथरी शनिश्चरे नगरपालिका– १ पथरी बजारमा पसल सञ्चालन गर्दै आएकी रिनाको शव ७ वैशाखमा डेरा अगाडि नग्न अवस्थामा भेटिएको थियो । घटनाको अनुसन्धानका क्रममा प्रहरीले उनका प्रेमी कमल नेपाल र दमकमा दमक बजारमा होटल सञ्चालन गर्दै आएकी पूजा भनिने लक्ष्मी थापालाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा म्याद थप गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले भने कमललाई १० हजार र लक्ष्मीलाई ५ हजार धरौटीमा छाडेको छ । दुबै जना बिहीबार छुटेका छन् ।

पोष्टमार्टम रिपोर्ट र घटनाको विस्तृत अनुसन्धानले हत्या भएको नदेखिएको प्रहरीको दाबी छ । अनुसन्धानका क्रममा प्रहरीले ३ जनाको पोलिग्राफ जाँच गर्नुका साथै ३७ जनाको लिखित बयान लिएको थियो ।

फरेन्सिक ल्याबको रिपोर्टमा पनि हत्या भएको नदेखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । उनका अनुसार फरेन्सिक रिपोर्टमा मादक पदार्थ सेवन गरेको देखिएको बताए ।

प्रेमी भनिएका कमल, उनकी श्रीमती मनिता र रिनाको कोठा भएको फ्लाटमा बस्ने मदन गुरागाईंको पोलिग्राफ जाँच गरेको थियो । पोलिग्राफ जाँच गर्दा तीनजनाको बयान झुटो नपाइएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment