Comments Add Comment

त्रिकोणात्मक सिरिजको फाइनल आज, टस जितेर बलिङ गर्दै बंगलादेश

३ जेठ, काठमाडौं । आयारल्यान्डमा जारी त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिजको फाइनलमा बंगलादेशले टस जितेर बलिङ गर्ने भएको छ ।

आयरल्यान्डको डबलिनमा त्रिकोणात्मक सिरिजको फाइनल टस हारेसँगै बंगलादेशविरुद्ध वेष्ट इन्डिज ब्याटिङमा उत्रिएको छ । दुबै टीम त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि जित्न चाहन्छ ।

यसअघि लिग चरणमा भने वेष्ट इन्डिजविरुद्धको दुबै खेल बंगलादेशले जितेको छ । आजको खेलमा पनि त्यही नतिजालाई निरन्तरता दिँदै विश्वकप अघिको त्रिकोणात्मक सिरिज आफ्नो पोल्टामा पार्ने लक्ष्य बंगलादेश छ ।

यता, वेष्ट इन्डिज भने दुई खेलको हार फाइनलमा बदला लिने लक्ष्यमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment