Comments Add Comment

लुम्बिनीमा बन्ने भो ‘आङछिरिङ शेर्पा गुम्बा’, प्रधानमन्त्रीले गरे शिलान्यास

प्रधानमन्त्रीले गरे गोन्पा भवन शिलान्यास

४ जेठ, काठमाडौं । लुम्विनी क्षेत्रको पर्यटन विकासमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको परिवारले ५ करोड लगानी गर्ने भएको छ । भिक्षुलाई ध्यान गर्न र आवासको समेत व्यवस्था हुने गरी स्वर्गीय व्यवसायी शेर्पाको नाममा परिवारले आधुनिक गोन्पा निर्माण गर्न लागेको हो ।

१४ रोपनी क्षेत्रमा निर्माण गरिने गोन्पा भवनको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार शिलान्यास गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको हवाइ, होटल र पर्यटन क्षेत्रमा शेर्पाको अतुलनीय योगदान रहेको बताए ।

गोन्पामा भिक्षुलाई ध्यान गर्न पाउने, आगन्तुक भिक्षु र दशनार्थीका लागि आवासको समेत व्यवस्था हुने गरी निर्माण थालिएको निर्माण समितिका संयोजक लाक्पा सोनाम शेर्पाले जानकारी दिए ।

नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्‍याउन र विश्वभरका भिक्षुहरुलाई ध्यान गर्न सहयोग पुग्ने गरी दुई बर्ष भित्रमा गोन्पा निर्माण सम्पन्न गर्ने लक्षय रहेको उनले बताए ।

गोन्पा भवन निर्माण गर्न लुम्विनी विकास कोषले जग्गा उपलब्ध गराएको कोषका सदस्य राजेश ज्ञवालीले जानकारी दिए । कोषको गुरुयोजना अन्र्तगत रहेर हालसम्म लुम्विनी क्षेत्रभित्र २३ वटा राष्ट्रको गोन्पा निर्माण भई सकेको छ भने ३० वटा बढी भिक्षुहरुको लागि गुम्वा निर्माण भई सकेको छ ।

तारा फाउण्डेशनसँगै रहेको जग्गामा गोन्पा भवनको निर्माण शुरु गरिएको छ । पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको नाममा आठ चुचुरो भएको नेपालकै नमुना डिजाइनमा गोन्पा निर्माण हुने भएको छ ।

यति एयरलाइन्सका निर्देशक समेत रहेका शेर्पाको गत २०७५ साल फागुन १५ गते ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरी र्फकने क्रममा हेलिकप्टर दुर्घटनामा परी मृत्यू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment