चितवन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले चितवनमा निर्माण हुँदै गरेको अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलको अवलोकन गरेका छन् ।
आईपीएल खेलेर गृह जिल्ला चितवन आएका आएका लामिछाने शनिबार दिउँसो रंगशाला निर्माणस्थल भरतपुर महानगरपालिका १५ रामपुरमा पुगेका हुन् । उनले रंगशाला निर्माणको पछिल्लो अवस्थाका बारेमा जानकारी लिएका छन् ।
लामिछाने क्युरेटर कोमलबहादुर पाण्डेसँग कुराकानी गरे । अन्र्तराष्ट्रिय क्रिकेटमा आफूले पाएका अनुभवहरुका बारेमा सुनाए । सन्दीपले रंगशाला बनाउन सबैले होस्टेमा हैंसे गर्नुपर्ने बताए । ३ बर्षभित्र रंगशाला बनाउन चुनौती रहेको भन्दै सन्दीपले सबैले आआफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताए ।
यसअघि रंगशाला निर्माणका लागि सहयोग गर्न गठित जिल्लास्तरीय खेलकुद समिति घोषणा कार्यक्रमा विशिष्ट अतिथि बनेका सन्दीपले आफूले क्रिकेट सिकेको ठाउँमा नै रंगशाला निर्माण हुन लागेको भन्दै खुसी व्यक्त गरेका थिए ।
लामिछानेको चितवन सौराहामा घर छ । लामिछाने भोलि काठमाडौं र्फकने कार्यक्रम छ ।