+
+
Shares

इदमा नआउने भयो अक्षयको ‘सूर्यवंशी’, सलमानसँगको भिडन्त टर्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ ५ गते ९:५४

सन् २०२० को इदमा बलिउड नायक सलमान खान र अक्षय कुमारको भिडन्त हुने पक्का थियो । सलमानको ‘इन्साअल्ला’ र अक्षयको ‘सूर्यवंशी’ एउटै डेटमा आउने चर्चाले मिडियामा राम्रो स्थान पाएको थियो ।

तर, अब भने यो भिडन्त टरेको छ । अक्षय कुमारको छायांकनरत चलचित्र ‘सूर्यवंशी’को रिलिज डेट सारिएको छ । नयाँ, रिलिज डेट भने तय भएको छैन । भारतीय मिडियाका अनुसार, अब सलमानको चलचित्र रिलिज भएको २ सातापछि अक्षयकै अभिनय रहने नयाँ चलचित्र ‘लक्ष्मी बाम्प’ रिलिज हुने भएको छ ।

अक्षयले चलचित्रको रिलिज डेट पछि सारेसँगै यतिबेला फ्यानहरुमा चर्चा सुरु भएको छ । कतिपयले अक्षयले गलत निर्णय गरेको बताएका छन् भने कतिपयले अक्षय सलमानसँग डराएको बताएका छन् । तर, दुबै चलचित्रको टिम मिलेर यो निर्णय लिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?