Comments Add Comment

गैरकानुनी गतिविधि गर्ने ४ जना वीरगञ्जबाट पक्राउ

५ जेठ, वीरगञ्ज । पर्सा प्रहरीले विभिन्न गैरकानुनी गतिविधिमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ का २६ वर्षीय अतुल्लाह देवान, वडा नं. २४ का २९ वर्षीय आतिश द्विवेदी, वडा नं. २५ का २३ वर्षीय रमेश कुमार तुरहा र वडा नं. २ का ३८ वर्षीय फैयाद हुसेनलाई प्रकाउ गरेको हो । शनिबार पक्राउ परेका उनीहरुलाई आइतबार बिहान प्रहरीले सार्वजनिक गरेको छ ।

ना.४० प.२०७२ नं. को मोटरसाइकल र साइकलमा ८ बोरा केराउ (मटर) वीरगञ्ज महानगरपालिका वडा नं २५ सिर्सियाबाट अवैध रुपमा भारततर्फ लैजाँदै गर्दा देवान र द्विवेदी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिकास्थित भकुवाबाट सिन्दुर राख्ने बट्टा २ बोरा र त्यसको खोल १बोरा नियन्त्रणमा लिएको छ । ना २ ह १६६२ नम्बरको अटोमा भारतबाट भन्सार छली ल्याउँदै गरेको अवस्थामा सामानसहित रमेश कुमार तुरहालाई नियन्त्रणमा लिएको प्रहरी भनाइ छ ।

त्यसैगरि भन्सार छली भारतबाट नेपालतर्फ कपडा ल्याउँदै गरेको अवस्थामा फैयाद हुसेन पक्राउ परेको दावी प्रहरीले गरेको छ । वीरगञ्ज महानगरपालिका–१, छपकैयाबाट पक्राउ परेका फैयाद हुसेनको साथबाट २८ रोल (५४४ मिटर) सर्टको कपडा प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका चारै जनालाई समानसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भंसार कार्यालय बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment