Comments Add Comment

गोरखाका ४ विद्यालयलाई कम्प्युटर सहयोग

५ जेठ, गोरखा । सिरानचोक गाउँपालिका-२ को आहाल भन्ज्याङ माविलाई कम्प्युटर सहयोग गरिएको छ ।

गोरखा सेवा समाज नेपालले आयतबार प्राविधिक शिक्षाका लागि भन्दै विद्यालयलाई ३ वटा कम्प्युटर सहयोग गरेको हो । सहयोग गरिएका कम्प्युटरले विद्यालयलाई केही हदसम्म सहयोग हुने प्रधानाध्यापक केशरसिं बस्नेतले बताए ।

आरुघाट गाउँपालिका-४ थुमिस्थित जमूना आधारभूत विद्यालयले पनि तीन थान कम्प्युटर पाएको छ । ‘अहिलेसम्म विद्यालयमा एउटा पनि कम्प्युटर थिएन, अब पाएका छौं, लगेर कम्प्युटर कक्षा शुरु गर्छाैं,’ विद्यालयकी प्रअ इन्ऽकुमारी धमलाले भनिन् ।

गोरखा सेवा समाजबाटै ३ थान कम्प्युटर पाएको शहीद लखन गाउँपालिका-८ को राम्चे आधारभूत प्राविले चालु शैक्षिक सत्रबाटै कक्षा एकदेखि कम्प्युटर कक्षा संचालन गर्ने बताएको छ ।

गोरखा सेवा समाज नेपालले यी ३ विद्यालयसँगै सिरानचोक गाउँपालिका-८ चिप्लेटीको जनज्योती माविलाई पनि कम्प्युटर सहयोग गरेको छ ।

आइतवार सदरमुकाममा एक कार्यक्रमका बीच चार विद्यालयलाई तीन/तीन थान कम्प्युटर सहयोग गरिएको समाजका अध्यक्ष शुशिलबाबु श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment