Comments Add Comment

पुष्पतारा केडिया सेवा फाउण्डेशन र श्री स्टील्सद्वारा रास्कोट अस्पताललाई सहयोग

६ जेठ, काठमाडौं । पुष्पतारा केडिया सेवा फाउण्डेशनले रवि लामिछाने फाउण्डेशनलाई ३ लाख २० हजार आथिर्क सहयोग गरेको छ । कर्णलीको रास्कोट सामुदायिक अस्पतालका लागि श्री स्टील्स्का तर्फबाट ३ लाख २० हजार गरी ६ लाख चालीस हजार केडिया अर्गनाइजेशनका अध्यक्ष ताराचन्द केडियाबाट एक कार्यक्रम बीच प्रदान गरिएको हो ।

आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित सो भेगका जनताका लागि अस्पतालको परिकल्पना गर्ने डा. मुकुल ढकालको चाहनाअनुुसार संचारकर्मी तथा श्री स्टील्सका ब्राण्ड एम्बेसेडर रवि लामिछानेको नाममा स्थापना भएको फाउण्डेशनलाई रकम प्रदान गरिएको छ ।

पुष्पतारा केडिया फाउण्डेशन स्वास्थ्य, शिक्षा, खेलकुद र साँस्कृतिक उत्थानको लागि कार्य गर्ने उदेश्यका साथ स्थापना गरिएको नाफारहित संस्थाको रुपमा रहेको छ । यस्तै मजबुत तथा सुदृढ नेपालकोे परिकल्पनामा प्रतिबद्ध केडिया अर्गनाइजेसन, सिद्धार्थ ग्रुप तथा ऊमा ग्रुप अफ इण्डष्ट्रिजको संयुक्त्त लगानीमा श्री स्टील टीएमटी उत्पादनमा क्रियाशील छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment