+

भारतीय लिगमा सावित्राले गरिन तेस्रो ह्याट्रिक

२०७६ जेठ  ६ गते १८:२७ २०७६ जेठ ६ गते १८:२७
भारतीय लिगमा सावित्राले गरिन तेस्रो ह्याट्रिक

६ जेठ, काठमाडौं । नेपाली सावित्रा भण्डारीले भारतको महिला फुटलब लिगमा तेस्रो ह्याट्रिक गरेकी छिन् ।

सेथु क्लबबाट खेल्दै आएकी सावित्राले सोमबार भएको सेमिफाइनलमा एसएसबी सेन्ट्रल महिला फुटबल क्लबविरुद्ध ह्याट्रिक गोल गरेकी हुन् ।

सावित्राले ह्याट्रिकसँगै चार गोल गरेकी छिन् । उनकै चार गोलको मद्दतमा सेथु एफसीले सेन्ट्रल महिला फुटबल क्लबलाई ८–१ गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

सावित्राले ४१ औं मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै, उनले ५९ औं र ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । खेलको ९० औं मिनेटमा उनले अर्को गोल गर्दै चार गोल पूरा गरिन् ।

यसअघि उनले आफ्नो डेब्यु खेलमै मनिपुर पुलिस स्पोर्टस् क्लबविरुद्ध ह्याट्रिकसहित चार गोल गरेकी थिइन् । यो उनको पहिलो ह्याट्रिक थियो । त्यस्तै, उनले एफसी कोहलपुर सिटीविरुद्ध दोस्रो ह्याट्रिक गोल गरेकी थिइन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय