Comments Add Comment

केदार जाधव फिट, भारतको टिममा हेरफेर नहुने

काठमाडौं । भारतको विश्वकप टोलीमा कुनै परिर्वतन नहुने भएको छ । केदार जाधव फिट देखिएपछि भारतीय टोलीमा परिर्वतनको सम्भावना टरेको हो ।

चेन्नई सुपर किङ्ग्सबाट आईपीएल खेलेका उनको किङ्ग्स इलाभेन पञ्जावविरुद्धको खेलका क्रममा देब्रो काँधमा चोट लागेको थियो । उनले लगतै मैदान छाडेका थिए । मे पहिलो साता घाइते भएका उनले आईपीएलका बाँकी खेलसमेत गुमाएका थिए ।

चोटमुक्त हुन उनले एक महिनाको समय पाए । त्यसैले टिममा उनको सट्टा अर्को खेलाडी राखिएन । भारतीय टिमका फिजिओले उनी फिट भएको सन्देश दिएका छन् र उनले नेटमा अभ्यास थालेका छन् ।

यदि उनी फिट नभएको भए ऋशव पन्त, अम्बाती रायडू, इशान्त शर्मा, अक्षर पटेल र नभदिप सैनीमध्ये एकले अवसर पाउँथे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment