
७ जेठ, काठमाडौं । केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबमा अर्को सिजनसम्म रहने निश्चित भएको छ ।
पीएसजीले विज्ञप्ति निकाल्दै अर्को वर्षसम्म क्लबमै निरन्तर रहने उल्लेख गरेको छ । एमबाप्पे आफु पीएसजीको एक महत्वपूर्ण सदस्य रहेको ठान्छन् । उनी क्लब छोड्न चाहदैनन् र अझ क्लबबाट बढी अपेक्षा राख्छन् ।
पीएसजीले विज्ञप्ति निकाल्दै भनेको छ, ‘क्लब र एमबाप्पेबीच दुई वर्षदेखि राम्रो सम्बन्ध छ । जुन अर्को वर्ष पनि कायमै रहनेछ ।’
एमबाप्पे क्लबमै केही शर्तहरु राखेर बस्न लागेका हुन् ।
एमबाप्पे सन् २०१७ मा मोनाकोबाट पीएसजी लोनमा आएका थिए । पछि उनलाई पीएसजीले सम्झौता गरेको थियो । उनी १६६ मिलियन पाउण्डमा पीएसजीमा अनुबन्धित भएका थिए ।
यो सिजन मात्रै पीएसजीले लिग वान फुटबल लगायत अन्य कपको उपाधि जित्दा एमबाप्पे मुख्य खेलाडीको रुपमा रहदै आएका छन् । उनले यो सिजनमात्रै ३२ गोल गरेका छन् ।
प्रतिक्रिया 4