Comments Add Comment

आठौँ खेलकुदका पदकधारी सम्मानित

७ जेठ, काठमाडौं । नेपाल पुलिसले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता आफ्ना खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेको छ ।

प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंगलबार भएको कार्यक्रममा प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

वैशाख ११ गतेसम्म प्रदेश पाँचामा सम्पन्न भएको प्रतियोगितामा पुलिसले ५९ स्वर्ण, ५० रजत र ४५ कास्य गरी जम्मा १ सय ५४ पदक प्राप्त गरेको थियो । पुलिसले दोस्रो स्थान ओगटेको थियो ।

स्वर्ण पदक विजेतालाई ५ हजार रुपैयाँ, रजत पदक विजेतालाई ३ हजार रुपैयाँ र कास्य पदक विजेतालाई २ हजार रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै, राष्ट्रिय किर्तिमान राख्न सफल १५ जना खेलाडीहरूलाई जनहि थप नगद ३ हजार रुपैयाँ प्रदान गरेको छ ।

प्रतियोगितामा २ हजार ६ सय ८८ पदको लागि नेपाल पुलिसले २४ खेलमा २ सय १७ पुरुष, १ सय ५२ महिला र ८७ जना अफिसियल गरी कूल ४ सय ५६ जनाले सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment